राजकुमार यादवमौलापुर,राष्ट्रिय दलित पत्रकार संघ रौतहटको अध्यक्षमा पुनः राजेश पासवान निर्वाचित हुनुभएको छ ।
शुक्रवार रौतहटको गरुडास्थित होटेल ए एन प्लाजाको सभाहलमा सम्पन्न संघको दोस्रो जिल्ला अधिवेशनले पासवानको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति निर्वचित गरेको हो ।

पासवान उक्त संघको संस्थापक जिल्ला अध्यक्ष हुनुहुन्छ । संघको जिल्ला कार्यसमितिको उपाध्यक्षमा दिपेन्द्र रजक, सचिवमा सुनिल रजक, सहसचिवमा शम्भु दास र कोषाध्यक्षमा प्रदिपकुमार दास निर्वाचित भएका छन् । त्यसगरी सदस्यहरुमा अमृता पासवान, जयनरायण पासवान, गोपाल महरा र आदित्य रजक निर्वाचित भएका छन् ।
त्यसैगरी संघको साधारण सदस्यहरुमा धर्मेन्द्र बैठा, सोहन कुमार रजक, गजेन्द्र कुमार रजक, विगनेस पासवान, धर्मदेव पासवान, रिमाकुमारी रजक, अशोक दास, रुपेश बैठा, राम विवेक दास, सुरज महरा, जितेन्द्र दास, राम कृष्ण विक, पारस रजक, सरोजकुमार पासवान र सुबासाहेब पासवान रहेका छन् भने सल्लाहकारमा धर्मेन्द्र पासवान, रामविनय पासवान, राजकुमार दास तत्मा र पुनित महरा रहेका छन ।

कार्यक्रममा संघका केन्द्रीय सचिव सिकेन्द्र पासवानले दलित समुदायको अवस्थालाई पनि परिवर्तन गर्न दलित समुदायका सञ्चारकर्मी तथा पत्रकारहरुको संख्यामा वृद्धि गर्नु तथा एकिकृत हुनुको विकल्प नरहेको बताउदै सो संघमा लागेका संचारकर्मीहरुलाई पनि नेपाल पत्रकार महासंघमा समावेश गर्न जोडदार माग गर्नुभयो ।
त्यसैगरी सोही कार्यक्रमका बिशिष्ट अथितिका रुपमा बोल्दै दलित विकास समितिका सदस्य राजकुमार दास तत्माले दलितमाथि भइरहेको अन्याय, अत्याचार र विभेदहरुप्रति निर्धक्क भएर बोल्न र सामना गर्न राष्ट्रिय दलित पत्रकार संघका पदाधिकारीहरुसंग आग्रह गर्नुभयो । विगत केही समयदेखि पत्रकारिता क्षेत्रमा व्यापक विकृति र विसंगति मौलाएको भन्दै संघका पदाधिकारीहरुलाई कुनै पनि दवाब र प्रभावमा नपर्न आग्रह समेत गर्नुभयो । दासले आफू मधेस प्रदेश सरकारको एउटा अंग रहेकोले संघको लागि बजेट छुट्याउन आफूले पहल गर्ने र संघलाई हर क्षण साथ दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष राजेश पासवान (निर्माणी) ले गर्नुभएको थियो भने प्रमुख अथितिको रुपमा संघका केन्द्रीय सचिव सिकेन्द्र पासवान, विशिष्ट अथितिमा दलित विकास समिति मधेस प्रदेशका सदस्य राजकुमार दास तत्मा र ईसिडिसिका अध्यक्ष धर्मेन्द्र पासवान तथा अथितिहरुमा मानव अधिकारकर्मी तथा दलित अधिकारकर्मी रामविनय पासवान, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा, सामावादी प्रेस संगठनका केन्द्रीय सदस्य रमेश सुवेदी, नेपाल प्रेस युनियन मधेस प्रदेशका सदस्य संजिव मिश्र, नेपाल पत्रकार महासंघ बाराका पूर्ववर्तमान उपाध्यक्ष राकेश पाण्डे, नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य तथा दलित सरोकार मन्च नेपालका कार्यक्रम संयोजक राजकुमार पासवान एंवम दलित सरोकार मन्च नेपालकै कार्यक्रम अधिकृत अनुराधा दहालकोसमेत उपस्थिति रहेको थियो ।

Leave a Reply