राजन कुमार बानिया

पर्सा २२ मंसिर,पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ४ बन्जारी छिपहरमाईमा आयोजना हुन लागेको चण्डी महायज्ञमा निकालिएको कलश यात्राको बुधबार पर्साका जिल्ला प्रमुख अधिकारी उमेश ढकालले उद्धघाटन गर्नु भएको छ ।

प्रमुख अतिथि ढकालले परम्परागत विधिबाट पूजापाठ गरेपछि रिबन काटेर जलयात्राको उद्धघान गर्नु भएको हो । उदघाटन कार्यक्रममा बोल्दै प्रजिअ ढकालले सामाजिक र धार्मिक कार्यहरु गर्दा विश्वमा फैलिरहेका विभिन्न महामारीलाई ध्यानमा राखेर सुरक्षा सतकर्ता अपनाएर आपसी भाईचारा कायम राखेर मनाउन आग्रह गर्नु भएको छ ।

छिपहरमाई गाउँपालिका वडा नम्बर ४ बन्जारीमा रहेको छिपहरमाई मंदिरको प्राङ्गणमा हुन लागेको श्री चण्डी महायज्ञको जलयात्रामा १ हजार ६ सय ५१ जना कुमारीहरुको सहभागिता रहेको थियो । यज्ञ परिशरबाट निकालिएको जलयात्रा बाजागाजाका साथ बंजारी भिस्वा, भारतको सिकटा, मिलपर्सा, सडकिया टोला, बुढगाई हुदै जयमंगलापुर नजिक उत्तराबाहिनी ओरियाबाट जल भरेर तुल्सिवर्वा गाँउ हुदै फेरि महायज्ञ स्थलमा आएर विसर्जन भएको थियो ।

जलयात्रा उद्धघाटन कार्यक्रममा नेपाल प्रहरीका पर्साका एसपी रमेशकुमार बस्नेत, सशस्त्र प्रहरीका एसपी राजेन्द्र खडका, जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँ, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार गुप्ता, धोबिनी गाउँपालिका उपाध्यक्ष पारसनाथप्रसाद कुर्मी, ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक दिपक थापा, बिओपी भिस्वाका सशस्त्र प्रहरी निरीक्षक राजेश्वर साह, जसपाका नेता ईगसन साह कलवार, नेपाली काँग्रेसका युवा नेता दिपेन्द्र सिंह, गायक अनिल बर्मा, दुर्र्याेधन पाण्डे, महायज्ञ आयोजक समितिका कोषाध्यक्ष जितेन्द्र बर्मा, वडाध्यक्ष रामबालक गदी, गनेश यादव, लालबहादुर यादव, सुनिल बर्मालगायतले महायज्ञको सफलताको शुभकामना दिनु भएको थियो ।

चण्डी महायज्ञ आयोजक समितिका अध्यक्ष एव पूर्वगाविस अध्यक्ष रामेश्वर महतोले दिएको जानकारी अनुसार यज्ञमा जलयात्रा १ हजार १ सय ५६ जना कन्याहरुको सहभागिता रहेको छ । बुधबारदेखि ९ दिन दिनसम्म आयोजना गरिने अध्यक्ष महतोले बताउनुभयो

यज्ञ आयोजन ागर्न नेपाल र भारतकासमेत भक्तजनहरुको सहयोेग रहेको छ । महायज्ञमा ५१ जना भक्तजनहरु बेदीमा बसेका छन । यज्ञमा नेपाल र भारतका अचार्य, पण्डितहरुको सहभागिता रहेको छ । महायज्ञमा भक्तजनहरुको सुविधाको लागि खाने बस्ने निशुल्क व्यवस्था गरिएको छ । महायज्ञ स्थलमा विभिन्न किसिमका मनोरञ्जनका स्टल र पसल पनि राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here