राजन कुमार बानिया

पोखरिया – पर्साको ग्रामिण क्षेत्र भिस्वा सिकटा नाका र टिहुकी भेडिहर्वा,मैनाटाड नाकामा मंगलबार बिहान देखी नियमित सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट भिस्वा बंजारी , नेपाल प्रहरी र भारतिय एसएसबी सिकटा को संयुक्त टोली ले नाका बाट आवत जावत गर्ने ब्यक्ति लाई ज्वरो नाप्ने डिजिटल मेसिन लिएर मानिस हरुको निधार नजिकै लगेर चेकजाँच गरिरहेको थियोे ।

 

 

 

दुईचार सेकेन्ड जति राखेर चेकजाँच गर्ने गरिरहेको थियोे । नजिक आएजतिको ज्वरो नाप्ने गरिरहेको थियोे । सशस्त्र प्रहरी बल को नीति निर्देशन मा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिस्वा बंजारी ले सीमा क्षेत्रमा कोरोना भाइरसको संक्रमण नभित्रियोस भनेर नाका बाट आउने जाने मानिस को चेकजाँच गरिरहेको थियो । पर्साको नाकामा पहिला भारत बाहेक चीन लगायत तेस्रो मुलुकबाट आउने यात्रुमा मात्रै ‘स्त्रिनिङ’ गर्ने गरिएको थियो ।

 

 

 

 

भारतमा कोरोना भाईरसकै कारण मृत्यु भएसँगै र कति जना मा कोरोना भाईरस लागेपछि भिस्वा,टिहुकी भेडिहर्वा,बुढगाई मिर्जापुर नाकामा थप सतर्कता अपनाउन को लागि चेकजाँच गरिएको थियो। भारतीय नागरिक वा भारत पुगेर आएका नेपाली नागरिकको पनि टमप्रेचर चेकजाँच गर्न थालिएको छ कोरोनाको संक्रमण नरहेपनी तर यहाँ सतर्कता अपनाउन जरुरी रहेको सशस्त्र प्रहरी निरिक्षक हरि बहादुर पराजुली ले बताए ।

 

 

 

 

नाका मा चेकजाँच गर्ने क्रममा सहयोग गरिनेमा वार्डअध्यक्ष मौजीलाल साह कानु ,महेन्द्र साह कलवार,ईलाका प्रहरी कार्यालय भिस्वा का प्रहरी नायब निरिक्षक मुक्तिनारायण यादव, टिहुकी प्रहरी चौकी का प्रहरी सहायक निरिक्षक पवन झा,भारतिय एसएसबी सिकटा र भेडिहर्वा का जवान हरु र स्थानिय हरु को सहभागीता रहेको थियोे ।

Leave a Reply