अरु त पुराना दल भएकाले जनताले धेरै आशा पनि गरेका थिएनन् र छैन पनि । तर रवि लामिछानेले नेतृत्व गरेको राष्टिय स्वतन्त्र पार्टीबाट भने नेपाली जनताले धेरै आशा गरेका थिए ।जनताको चाहना अनुसार यो पार्टी सरकारमा सामेल पनि हुन पाएको थिएन । अघिल्लो पटक गएको वर्षको पुसमा सरकारमा गएपनि काम गर्ने वातावरण भएन फेरि प्रचण्डको सरकारमा अध्यक्ष रविसहितको टोली गयो र यो टोलीले सरकारको स्वाद चाखेको एक सय दिन पूरा भएको छ । एक सय दिनको अवसरमा यो पार्टीबाट मन्त्री भएकाहरुले पत्रकार सम्मेलन गरे र निकै बहादुरीको काम गरेको बताए ।
अब गृहमन्त्रीकै कुरा गरौं, गृहमन्त्रीले आफू सरकारबाहिर रहँदा धेरै उठाएको विषय के हो भने भ्रष्टचार अनि निर्मला पन्त हत्यारा अनि सुनकाण्ड तथा शरणार्थी काण्ड अनि अन्य कयौं काण्ड । जो आफू सरकारमा सामेल भएको एक महिनामा यी फाइल खोज्ने गृहमन्त्री नहुँदा रविको भनाई थियो तर रविको एक सय दिनमा यी कामको के उपलब्धी भयो खोई समीक्षा ? केवल अन्धभक्त भएर ठूला दलले केही गरेनन् रविले गर्लान् भन्ने कुरा अब भ्रम हो भन्दा फरक नपर्ने देखिएको छ । अनि यही अर्को कुरा पनि आफू सरकार बाहिर रहदा टिकटक बन्द गरेकोमा घोक्रो सुकाएर चिच्चकाउने रवि अनि यो सामान्य कुरा खुला गर्न पनि कसले रोक्यो ?अनि शिक्षामन्त्रीको कुरा गरौं, सुमना श्रेष्ठले पनि गर्न खोजेको जस्तो शिक्षामा देखिएको थियो तर कामभन्दा हल्ला बढी भयो । नत राजनीतिमा लागेका शिक्षकहरुको जागिर गयो न त चिकित्सा शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक भएपनि त्यसले दोषि करार गरेकामाथि कारबाही भयो ? यहाँ पूर्वाग्राहीका हिसावले रास्वपाको विरोध गरिएको होइन, यो पनि भ्रम नहोस् तर काम नगर्ने र हल्ला बढी गर्ने प्रवृत्तिको समीक्षा गरिएको हो, आलोचना गरिएको हो अब यसमा सुधार आओस् जनता यही चाहन्छन् ।