काठमाण्डौं,काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका–४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस मंगलवार दुर्घटनामा परेको हो । काभ्रेका एसपी चक्रराज जोशीका अनुसार १८ जनाको मृत्यु भएको छ । २० जना गम्भीर घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जनाइएको छ ।


















