विद्युत अब नागरिकहरुका लागि नभइ नहुने एक अत्यावश्यक साधन जस्तो भइसकेको छ । कुनै जमानामा नेपालीहरु अन्धकारमा समेत बास्न बाध्य भएका थिए । तर आज देशमा विकासको बढदो लहरसंगै समय फेरिएको छ । लगभग नेपालका सबैजसो गाउँमा समेत बत्ती पुगेको छ । नेपाल विद्युत प्राधिकरणले ल्याएको नीतिका कारण पनि पछिल्लो समय विद्युत सेवा आम नागरिकहरुका लागि सहज बन्दै गइरहेको छ ।

प्राधिकरणमा बेथिति बढेको भन्दै सरकारले समेत प्राधिकरणको सुधारका लागि बिभिन्न योजनाहरु बनाएको छ । प्राधिकरणको कार्यकारी प्रमुखमा समेत सरकारले फेरबदल गरेको छ । विद्युत प्राधिकरणमा राम्रो काम गरेका भनिएका व्यक्तिलाई नै सरकारले फेरि कार्यकारी प्रमुख बनाएको छ । जनमानसमा लोकप्रिय छवि बनाएका कुलमान घिसिङ्गलाई सरकारले कार्यकारी प्रमुख बनाएकै हो ।

कुलमानले राम्रो गर्छन् भन्ने आम नागरिकहरुमाथि बिश्वास छ तर बाराको निजगढ क्षेत्रका नागरिकहरु भने कुलमान कार्यकारी प्रमुख हुँदा समेत अन्धकारमा बस्न बाध्य भए । यसो हुनु भनेको आफैमा कुलमानको पनि अपमान हो । यस्तो किन भयो भन्नेमा कुलमानले पनि नीति बनाउन र ध्यान दिन आवश्यक छ । कसका कारणले यो कमजोरी भयो भनेर खोजबिन हुन पनि अति आवश्यक छ ।

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here