नेपाली राजनीतिमा फेरि एउटा चटक भएको छ । चटक यो अर्थमा कि नेपाली काँग्रेस र एमाले जस्ता ठूला दलहरुबीचको यो गठबन्धन लामो समय जाने संभावना कम पनि छ यो हिसावले यो एक प्रकारको चटक नै हो । जसरी चटकेले एकछिन मात्रै चटक देखाएर फेरि अन्तै लाग्छ ।त्यसो त नेपाली राजनीतिमा सत्ताका लागि जे हुने गरेका छन् त्यो जनताका लागि चैं ठीक होइन । देशमा स्थिरता कायम गर्न नसक्ने सबै राजनीतिक दलहरु जनताको नजरमा दोषी नै हुन् । जनतालाई प्रचण्ड, केपी वा देउवा प्रधानमन्त्री हुदैमा केही फरकपन अहिले आइहाल्छ भन्ने लागेको पनि छैन र केही परिवर्तन हुनेवला पनि छैन ।

त्यसैले पनि केपी र देउवाको गठबन्धनले जनता खुसी र दुखी केही हुने अवस्था छैन । यो स्वभाविक गठबन्धन थियो । ढिलोचांडो मुलुकमा अब यो अभ्यास हुन्छ भन्ने धेरैलाई लागेको पनि थियो ।यो नयाँ गठबन्धनका अगाडि दुईवटा चुनौति छन् तर यो चुनौतिको सामान त हुने संभावना छैन तैपनि नागरिकहरुले बुझ्न पर्ने कुरा के हो भने देशमा स्थिरताका लागि के काँग्रेस, एमाले संबिधान संशोधन गरेर समानुुपातिक निर्वाचन प्रणाली खारेज अनि प्रदेश पनि लगभग खारेज वा कम्तीमा तीन मात्र प्रदेश राख्ने हिम्मत गर्छन् त ? अनि अर्को कुरा यही सरकार वा विगतका सरकारले उठान गरेको भ्रष्टचारका फाइलहरु के हुन्छन् यसको जवाफ पनि नयाँ गठबन्धनले दिनसक्नु पर्दछ ।

हुन त जनता सबै सचेत नभएकाले पनि यी विषयहरुले निदान पाउने संभावना छैन र यसैयसै यो कुरा आपसेआप टर्ने संभावना पनि छ । अझै केहीले भनेको जस्तो भ्रष्टहरुलाई संरक्षण गर्नतर्फ यो गठबन्धन जाने हो कि ? यस्ता चुनौति यो गठबन्धनलाई भए पनि अन्ततः फेरि यसमा केही पार लाग्ने संभावना भने कम छ ।
काठमाडौंका मेयरले भने जस्तै अन्ततः यो गठबन्धन कालेकाले मिलेर खाउँ भाले भने जस्तै हुने निश्चित छ तर कामना गरौं त्यस्तो नहोस् ।

Leave a Reply