डुमरवाना,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ मा रहेको रिलायन्स सुगर मिलमा भएको मजदुर युनियनको निर्वचनमा माओवादी निकट अखिल नेपाल औद्योगिक मजदुर संघका उम्मेदवार बिजयी भएका छन । निर्वाचनमा रमाकान्त चौधरी अध्यक्ष रहेको माओवादी मजदुर संघठन निकट उम्मेदवारहरुको प्यानल नै विजयी बनेको हो ।
अखिल नेपाल औद्योगिक मजदुर संघका उम्मेदवारहरुले नेकपा एमाले निकट समग्र टेड युनियनका उम्मेदवारहरुलाई पराजित गरेको छ । अध्यक्षका उम्मेदवार चौधरीले प्रतिव्दन्दी उम्मेदवारलाई ७५ मतले पछि पार्दै विजयी बनेको मजदुर नेता बेनीप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।