सिमरा,सिमरामा कार्तिक १८ गते राष्ट्रियस्तरको ९ औँ स्क्राबल प्रतियोगिता हुने भएको छ । आयोजकले पत्रकार सम्मेलनमार्फत प्रतियोगिता बारे जानकारी दिएको हो ।जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरास्थित लोटस एकेड्मीमा स्क्राबल प्रतियोगिता हुने भएको हो ।प्रतियोगितामा देशभरिका २२ वटा जिल्लाबाट छानिएका १ सय ४० जनाको सहभागिता रहने पत्रकार सम्मेलनमा आयोजक स्क्राबल क्लब पोखराले जनाएको छ । प्रतियोगितामा एउटा विद्यालयबाट २ जनाको दरले सहभागिता रहने स्क्राबल क्लब अध्यक्ष केशबप्रसाद पराजुलीले जानकारी दिनुभयो ।राष्ट्रिय प्रतियोगिताबाट २० जना प्रतियोगिहरु काठमाडौँमा हुने अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगिताको लागि छनोट हुने छन् । यही माघ ५ र ६ गते नेपालमै पहिलो पटक काठमाडौँ जिल्लाको चन्द्रगिरी नगरपालिकाको नैकापस्थित ब्राईट फ्युचार स्कुलमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुने स्क्राबल क्लबका अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।स्क्राबल खेलले प्रतिस्पधीबीच भाषा विकास, सञ्चारको सिप, सहकार्य, नयाँ शब्द सिर्जना गर्न र अंग्रेजी भाषाको विभिन्न क्रियाकलापमा सहयोग पु¥याउने, स्व्रmेबल खेलबाट विद्यार्थी तथा युवाहरुले जीवनमा आउने समस्याको पहिचान गरि आफैले समाधान गर्न सिकाउने राष्ट्रिय प्रतियोगिता हुने विद्यालय लोटस एकेड्मीका संस्थापक प्रधानध्यापक रामप्रसाद अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
केन्द्रले तराईको शिक्षा क्षेत्रलाई हेर्ने दुष्टिकोण फरक भएपनि लोटस ऐकेडेमी सिमराले नगरको सहयोगमा १० वटा निजी विद्यालयको सहयोगमा राष्ट्रव्यापी स्व्रmेबल प्रतियोगिता गरेकोमा गर्ब महसुस भएको क्एक् स्कुलका बसन्त ढकाल जनाउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here