सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका ७ स्थित जीतपुरमा स्थानीय युवाहरुको समूह एमालेमा प्रवेश गरेको छ । जीतपुरमा आयोजित कार्यक्रमका बीच विभिन्न पार्टीमा सक्रिय रहदै आएका २० जना भन्दा बढी युवाहरु एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेल, बारा क्षेत्र नं. ४ (क) प्रदेशसभा सदस्य उम्मेदवार देवनारायण चौधरी, वडा नं. ७ का अध्यक्ष सुनिल गुप्ता, वडा नं. ६ का अध्यक्ष कैमुदिन अंसारी, वडा नं. ३ का अध्यक्ष ताराबहादुर कार्कीलगायतले स्वागत गर्नुभएको थियो ।
युवाहरुको समूहलाई स्वागत गर्दै पूर्वमन्त्री पौडेलले एमालेको जितले मात्रै बारा क्षेत्र नं. ४ मा विकासले गति लिने बताउनुभयो । उहाँले एमाले जिताउने अभियानमा हातेमालो गर्दै अघि बढ्न कार्यकर्ता र सर्वसाधारणलाई आग्रह गर्नुभएको थियो । राष्ट्रिय युवा संघ नेपाल जीतपुरसिमरा नगर कमिटीका सचिव आयुब खानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।