वीरगञ्ज,सशस्त्र प्रहरी प्रस्तावित गुल्म वीरगन्ज भन्सार कार्यालयले लिंकरोडमा छापा मारेर भन्सार छलीको लाखौं मूल्य बराबारको सामान बरामद गरेको छ ।वीरगञ्जको लिंकरोड स्थित डिएन अरविन्द इन्टरप्राईजेजमा भन्सार छलीको सामान रहेको सूचनाका आधारमा सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको नेतृत्वमा रहेको सशस्त्र प्रहरी टोलीले आइतवार दिउँसो छापा मारेर पाँचलाख बराबरको सामान बरामद गरेको हो ।विनोद मण्डल सञ्चालक रहेको डीएन अरविन्द इन्टरप्राईजेजमा समरसेल पम्प, पाईप, हार्डवेयर विद्युतीय सामग्री लगायतका सामान बरामद भएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालले जानकारी दिनुभयो ।


















