रौतहट,स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित रौतहट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । सोमवार साँझ ईशनाथ नगरपालिका–४ महुलिया सीमा नाकामा सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

मधेस प्रदेश ०३–०३५ प ६४५५ नम्बरको मोटरसाइकलमा सवार परोहा नगरपालिका–५ का ३५ वर्षीय सहजाद देवान र राजपुर नगरपालिका–४ का ३२ वर्षीय शेख सरसाम शङ्कास्पद अवस्थामा फेला परेपछि प्रहरीले उनीहरूको साथबाट कुल ३ लाख ५९ हजार नगद बरामद गरेको छ ।

बरामद नगदमध्ये १ सय दरका ३०९ थान नोट र ५ सय दरका १०० थान नोट रहेको प्रहरीले जनाएको छ । रकमको स्रोत खुलाउन नसकेपछि सशस्त्र प्रहरी निरीक्षक सञ्जित कुमार सिंहको नेतृत्वमा पक्राउ परेका दुवै जनालाई गौर भन्सार कार्यालयमा बुझाइएको छ ।

Leave a Reply