आरके राजन
सिम्रौनगढ,कृषि वस्तुमाथि लगाइएको करको विरोधमा आइतवार बाराको सिम्रौनगढमा जुलुस प्रदर्शन भएको छ । कृषि वस्तुमाथि लगाइएको भ्याट फिर्ता गर्नुपर्ने माग गर्दै किसानहरुले प्रदर्शन गरेका हुन् ।सिम्रौनगढ बसपार्कबाट निस्किएको जुलुसमा कृषि मन्त्री मुर्दावाद, किसानमाथि अत्याचार गर्न पाईदैन, कृषि प्रधान देशको मुल्य मान्यता कायम गरलगायताका नारा लगाउदै सिम्रौनगढ बजार परिक्रमा गरेको थियो ।स्थानीय कृषक दिनेश कुश्वाहाको नेतृत्वमा निकालिएको जुलुसमा स्थानीय किसानहरुको सहभागिता रहेको थियो ।



















