सिकिन्द्र साह
सिम्रौनगढ,बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर १० देवापुरटेटामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ ।खेतमा मकै र चैते धानमा सिँचाई गर्न मोटरबाट पानी पान्ने क्रममा करेन्ट लागेर घाइते बनेका स्थानीय २५ वर्षिय काशिराज कुमार यादवको मंगलवार राति मृत्युु भएको हो ।उपचारको लागि कलैया लैजाने क्रममा बाटोमा नै यादवको मृत्यु भएको वडा अध्यक्ष राजकुमार यादवले जानकारी दिनुभयो । यादवको शव पोष्टमार्टमको लागि अहिले कलैया प्रादेसिक अस्पतालमा रखिएको छ ।



















