वीरगञ्ज,स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।पत्रकारहरुलाई दुव्र्यहार गरेकोभन्दै उनी बिरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा अभद्र व्यवहार गरेको भन्दै उजुरी परेको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य अधिकृत जयमोद ठाकुरले पत्रकारमाथि दुव्र्यवहार गरेको आरोपमा पर्सा प्रहरीले उनलाई छलफलका लागि बोलाएको थियो । तर, छलफलबाट कुनै निष्कर्ष ननिस्किएको छलफलमा सहभागी पत्रकारले जनाएका छन् ।

आइतवार दिउँसो वीरगञ्जको क्लासिक ब्यान्क्वेटमा रिपोर्टिङका लागि पुगेका पत्रकारहरुलाई ठाकुरले कार्यक्रमस्थलमा आएर दुव्र्यवहार गरेको पत्रकारहरुको भनाई छ । पत्रकार सन्तोषकुमार कुशवाहा, आरोहणकुमार साह, राजु बैठा, राकेशकुमार साह, अर्जुन चौधरी, आनन्दकुमार पटेल लाई स्वास्थ्य अधिकृत जयमोद ठाकुरले अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेका थिए ।

यस घटनापछि नेपाल पत्रकार महासंघ पर्सा शाखादेखि प्रदेश र केन्द्रसम्मले गम्भीर चासो देखाएका छन । जिल्लास्थित पत्रकारका विभिन्न संघ–संगठनहरुले यो घटनालाई आपत्तिजनक भन्दै दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृतलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका थिए ।

स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले पत्रकारहरूमाथि गरेको दुव्र्यवहारको घटनाप्रति प्रेस चौतारी नेपाल पर्सा र प्रेस सेन्टर पर्सा शाखाले पनि आपत्ति जनाउँदै ठाकुरमाथि कारबाहीको माग गरेको छ ।यात्रा डेलीका संवाददाता अर्जुन चौधरीका अनुसार, चलचित्र पत्रकार सङ्घले आयोजना गरेको अर्को कार्यक्रममा सहभागी हुन पुगेका पत्रकारहरू भूलवश स्वास्थ्य कार्यालयको कार्यक्रम स्थलमा प्रवेश गरेपछि ठाकुरले आक्रोशित भई अभद्र व्यवहार गरेका थिए । “ठाकुरले मादक पदार्थ सेवन गरेको जस्तो अस्वाभाविक व्यवहार देखाए । प्रश्न उठाउँदा उनी गालीगलौजमा उत्रिए र एक बिचौलियाको सहयोगमा कार्यक्रम स्थलबाट फरार भएका थिए ।” चौधरीले भन्नुभयो ।पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र प्रहरी उपरीक्षक गौतम मिश्रलाई घटनाबारे जानकारी गराइएको छ । प्रहरीले ठाकुरलाई नियन्त्रणमा लिएर मापसे जाँच र कानुनी कारबाही अघि बढाउने आश्वासन दिएको छ ।

Leave a Reply