सिमरा,बाराको सिमरास्थित मुसर्निमाई मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको शनिवार १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार बारा अन्तर्गत रहेको मुसर्निमाई मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । समुहका अध्यक्ष कुबेर न्यौपानेको सभापत्वि तथा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष ताराबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारण सभाले विधान तथा कार्य योजना नविकरण गर्ने निर्णय सर्वसम्मतले पारित गरेको छ ।
सो अवसरमा जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, इलाका प्रहरी कार्यालय, सिमराका प्रमुख प्रहरी नायाव उपरीक्षक युवराज तिमल्सिना लगायतकाले आआफ्नों शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव गङ्गा बस्नेतले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।


















