वीरगञ्ज,जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध खैरो हिरोइन सहित एक जनालाई पक्राउ गरेको छ ।वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले वीरगञ्जको बसपार्क क्षेत्रबाट लागू औषध खैरो हिरोइन सहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको ग्रामलाला छपरा, औरैया, आदापुर, पुर्बी चम्पारण बिहार बस्ने मोहम्मद नेजमुदिन मिया रहेको प्रहरीले जनाएको छ ।विशेष सूचानाको आधारमा प्रहरीले चेकजाँच गर्दा मियाँले चलाएको बिर.०५.ए.वाइ १३४६ नबरको कारको सिट पछाडी लुकाई ल्याएको १०० ग्राम खैरो हिरोइन सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply