बसन्त लामा
सिंगौल,निजगढ नगरपालिका वडा नम्बर २ सिंगौलमा स्थानीय महिलाहरुको लागि आयोजना गरिएको सयपत्री फूल खेती सम्बन्धि १५ दिने तालिम आइतवारबाट शुरु भएकोछ ।
नगरपालिकाका प्रमुख सुरथ पुरीले गमलामा पानी हालेर फूल खेती तालिमको उद्धाटन गर्नुभएको थियो । उद्धाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पुरीले देशमा राजनीतिक लडाइ सकिएको भन्दै अब सबै मिलेर जनताको सम्बृद्धिको लागि काम गर्नुपर्ने बताउनुभयो । उहाँले सम्बृद्धि कसैले ल्याइदिने कुरा नभएर यसको लागि आफै जुटनुपर्ने बताउनुभयो । ‘आफ्नो घर परिवार, समाज र राष्ट्रको सम्बृद्धि आफैले ल्याउनुपर्छ, उहाँले भन्नुभयो, यो कसैले दिने र बाहिरबाट ल्याउने बस्तु होइन ।’तालिमका सिकेको सीप सिकेको सिप व्यवहारमा ल्याउने हो भने बेरोजगारी समस्या केहि मात्रामा अन्त्य हुने नगर प्रमुख पुरीको भनाई छ ।
निजगढ नगरपालिकाको नगर कार्यपालिका सदस्य फूलमाया घलान लोप्चनको पहलमा नगरपालिकाबाट आर्थिक वर्ष ०८०-०८१ मा विनियोजित २ लाख रुपैयाको लागतमा निजगढ क्रियटिभ स्कील डेभलभमेन्ट प्रालिले तालिमको आयोजना गरेको हो ।क्रियटिभ स्कीलका हरि गौतमको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चन, कार्यपालिका सदस्य शर्मिला विक, स्थानीय कन्तलाल धामी, हरिबहादुर थापा, राधिका राई, विष्णु माया विकलगायतको उपस्थिति रहेको थियो ।तालिममा स्थानीय ३० जना महिलाहरुको सहभागिता रहेको छ । सहभागीहरुलाई नेपाल सयपत्री फूल उत्पादक संघ केन्द्रीय कार्यालय काठमाण्डौका बालकृष्ण चौलागाई र सहायक प्रशिक्षक विवेक वाइवाले फूल खेती सम्बन्धि तालिम दिनुहुने छ ।उद्धाटन कार्यक्रमको संचालन आयोजक संस्थाका बलराम खडकाले गर्नुभएको थियो भने स्थानीय समाजसेवी संजिव लोप्चनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।



















