राजन कुमार बानिया
पोखरिया,पर्साको कालिकामाई गाउँपालिकामा बुधवार छुटाछुटै स्थानमा १ करोड ४० लाखको लागतमा वडा कार्यालय भवन र विद्यालय भवनको शिलान्यास गरिएको छ।गाउँपालिका अध्यक्ष बशिष्टकुमार गुप्ताले कालिकामाई गाउँपालिका वडा नम्बर १ मुडली बजारमा ९० लाखको लागत निर्माण गर्न लागिएको वडा कार्यालय भवन र वडा नम्बर १ टिनडोबिया गाउँमा ५० लाख रुपैयाको लागतमा निर्मण हुने श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भवनको लागि बुधवार एक कार्यक्रमकाबीच विधिवत रुपमा पूजापाठ गरेर शिलान्यास गर्नुभएको हो ।

गाउँपालिका अध्यक्ष गुप्ताको पहल र समन्वयबाट जिल्ला समन्वय समिति पर्सा र गाउँपालिकाको सहयोगमा छुट्टाछुट्टै ठाउँमा वडा कार्यालय र विद्यालय भवन लागि १ करोड ४० लाखको लागत निर्माण हुन लागेको छ ।जिल्ला समन्वय समिति पर्साको ६० प्रतिशत र गाउँपालिका कार्यालयको ४० प्रतिशत आर्थिक सहयोगमा भवन निर्माण हुन लागेको वडा अध्यक्ष लालबाबु चौरसियाले जनाउनुभएको छ । वडा कार्यालय भवन र विद्यालय भवन पनि दुई तले निर्माण हुने र निमार्ण कार्य उपभोक्ता समितिमार्फत भइरहेको वडा अध्यक्ष चौरसियाले बताउनुभयो ।वडा अध्यक्ष चौरसियाको अध्यक्षतामा सम्पन्न भएको शिलान्यास कार्यक्रममा वडा सदस्य सुरेन्द्र साह तेली, शिवशंकर चौरसिया, मोतिलालप्रसाद पटेल, शंकर यादव, भोज साह तेली, रामराज प्रसाद यादव, बिमल महतो कोईरी, विद्यालयका प्रधानाध्यापक रामप्रवेश पटेललगायतको सहभागिता रहेको थियोे ।

Leave a Reply