काठमाण्डौं,नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरण संरक्षणका लागि विशेष योजना र नीति आवश्यक रहेको बताउनुभएको छ ।विश्व वातावरण दिवसको अवसरमा राष्ट्रका लागि दुई घण्टा अभियानले बुधवार भक्तपुरको कौशलटारमा आयोजना गरेको बृहत् अरनिको राजमार्ग सफाई अभियान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वातावरणीय सफाईका लागि कर्मकाण्डी ढंगले गोष्ठी, सेमिनार र वृक्षारोपण कार्यक्रम मात्र गरेर नहुने बताउनुभयो ।
सरसफाइ मजाक र प्रतिशोधको विषयको होइन भन्दै उहाँले यसमा कोही पनि गैरजिम्मेवार ढंगले प्रस्तुत हुन नहुने बताउनुभयो ।मानवीय भुल र असावधानीले निम्त्याएको वातावरणीय प्रदूषणले खतरनाक भविष्यको सङ्केत गरिरहेको बताउँदै उहाँले वातावरणीय सफाइका लागि सामूहिक प्रयासको खाँचो रहेको उल्लेख गर्नुभयो ।

















