वीरगन्ज,नेपाली कांग्रेस बाराका नेता÷कार्यकर्ताले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना शुरु गरेका छन् । क्रियाशील सदस्यता वितरण विधिसंगत नभएको जनाउँदै आइतबार सानेपास्थित केन्द्रीय कार्यालयमा धर्ना शुरु गरेका हुन् । धर्नामा २५ जना भन्दा बढी सहभागी रहेको नेपाली काङ्ग्रेस बाराका नेता बिजय गुप्ताले जानकारी दिनुभयो ।

बारामा क्रियाशील सदस्यता वितरणमा ठूलो धाँधली भएको गुप्ताको आरोप छ । वडा सभापतिको हस्ताक्षर बिना क्षेत्र र पालिका कार्यसमितिको बैठक नै नबसिकन क्रियाशील सदस्यता इन्ट्री गरेको कारण धर्ना शुरु गर्नु परेको उहाँले बताउनुभयो । ‘बाराको १ नम्बर क्षेत्र, २ नम्बर क्षेत्र र ४ नम्बरका क्षेत्रीय सभापतिले नयाँ क्रियाशील सदस्यको सिधैं इन्ट्री गरेको पनि गुप्ताको आरोप छ । धर्नाको नेतृत्व पूर्वसांसदहरु रामअयोध्या यादव, लालबाबु सिंह र नेविसंघका निवर्तमान सहमहामन्त्री राजेश रौनियार लगायतले गरिरहनुभएको छ । धर्नामा निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश खनाल पनि सहभागी हुनुहुन्छ ।

Leave a Reply