जनकपुरधाम,मधेस प्रदेशका नवनियुक्त सभामुख रामआशिष यादवले पदभार ग्रहण गर्नुभएको छ । सभामुख यादवले सोमबार प्रदेश सभा कार्यालयमा पुगेर औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको हो ।पदभार ग्रहणपछि बोल्दै सभामुख यादवले सुशासन र पारदर्शितालाई आफ्नो पहिलो प्राथमिकता बनाउने बताउनुभएको छ । उहाँले मधेस प्रदेशसभा आन्दोलनको प्रतीक भएको उल्लेख गर्दै प्रदेशसभा पहिचानमा आधारित संस्थाका रूपमा स्थापित रहेको बताउनुभयो ।

सभामुख यादवले भन्नुभयो, “मधेस प्रदेशसभा आन्दोलनको प्रतीक हो । प्रदेशसभा पहिचानमा आधारित छ । मेरो पहिलो प्राथमिकता सुशासन र पारदर्शिता हो ।”उहाँले प्रदेशसभालाई जनताको विश्वास जित्ने संस्थाका रूपमा विकास गर्न प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो ।

Leave a Reply