कृष्णउदास खनाल
वीरगञ्ज,मुलुककै प्रमुख व्यापारिक नाका, वीरगञ्ज भन्सारबाट गएको आर्थिक वर्षमा विभिन्न्न सामानहरुको आयातको तुलनामा निर्यात एकदमै कमजोर देखिएको छ । वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको वार्षिक प्रतिवेदन अनुसार यो नाकाबाट आयात हुने सामग्रीहरुको तुलनामा निर्यात निकै कमजोर देखिएको हो ।यद्यपि अघिल्लो आर्थिक वर्षमा पनि यो अवस्था यस्तै रहेको थियो । अघिल्लो आर्थिक बर्ष २०७८।०७९मा भन्दा गत आर्थिक बर्ष २०७९।०८० मा समेत आयात र निर्यात दुबै घटेको छ । गएको आर्थिक वर्षमा यो नाकाबाट जम्मा ७ खर्ब, २६करोड, ७९ लाख ५० हजार मूल्य बराबरका विभिन्न्न सामानहरु नेपाल भित्रदा नेपालबाट भने जम्मा ३७ अर्ब, १७ करोड, ७७ लाख ९८ हजार रुपैया बरावरका सामानहरु मात्रै बाहिरिएको छ ।नेपाल अझैपनि खाद्यान्न लगायत धेरै कुरामा परनिर्भर रहेको कुरा यो तथ्यांकले पनि प्रष्ट पार्ने भन्सारका अधिकारीहरुले बताएका छन् । गत आर्थिक वर्षको तुलनामा अघिल्लो आर्थिक वर्षमा भने वीरगन्ज नाकाबाट आयात र निर्यात दुबै बढेको थियो ।अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा भने यो नाकाबाट ८ खर्ब, ६० अर्ब, ९३ करोड, ७५ लाख ५९ हजारको सामान आयात हुँदा ८४ अर्ब, २६ करोड, ७० लाख, ७१ हजारका सामानहरु नेपालबाट भारत लतायतका देशहरुमा निर्यात भएको भन्सार कार्यालयको अखिलेखमा उल्लेख छ ।गत आर्थिक वर्षमा पनि नेपालबाट सबैभन्दा पनि प्रशोधित पाम आयलको तेल निकासी भएको छ भने दोश्रोमा फलफूलको जुस निकासी भएको छ । त्यसैगरी आयातमा एक नम्बरमा डिजेल तथा दुई नम्बरमा पेट्रोल रहेको छ भने तेश्रोमा खाना पकाउने ग्याँस रहेको छ । भट्टमासको तेल प्रशोधित पनि नेपालले भारत लगायतका देशमा निर्यात गर्न सफल भएको छ । नेपालका गएको आर्थिक वर्षमा पनि सबैभन्दा बढी कारोबार छिमेकी देश भारतसंग नै गरेको छ ।

















