आइतबार बारा पर्सा लगायतका धेरै जिल्लामा निषेधाज्ञाको समय थप गरिएको छ । तर यसपालीको निषेधाज्ञा भने धेरै खुकुलो छ । अब लगभग निषेधाज्ञा आधा घटेको अनुमान यो अर्थमा लगाउन सकिन्छ । अथवा कोरोना कम भएका कारणले पनि निषेधाज्ञा कम वा खुकुलो गरिएको हो तर यो पाराको निषेधाज्ञाले भने खासै कोरोना नियन्त्रणमा भूमिका निर्वाह गर्न सक्दैन ।
यद्यपि सरकारी स्तरबाट भएको निर्णयलाई आत्मसाथ त गर्नुपर्ने होला । तर पनि यो स्थायी समाधानको विकल्प हुन सक्दैन । गत बैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएपछि त्यसको मार अन्य क्षेत्र जस्तै यातयात क्षेत्र नराम्रोसंग परेको छ । यातयात क्षेत्रका मजदुर तथा कर्मचारी र संचालकहरु समेत मारमा परेका छन् ।
यस्तो अवस्थामा यातयात क्षेत्रको बिषयमा सरकराले नीति बनाउन आवश्यक छ । अब यातयात सेवा पनि सुचारु गर्ने बिषयमा पनि स्थानीय तहहरुले दबाब सृजना गर्नुपर्दछ र सरकारले पनि निर्णय गर्नुपर्दछ । कुन मोडालिटीमा यातयात सेवालाई संचालन गर्न सकिन्छ त्यो बिषयमा छलफल गरी निर्णय गर्न आवश्यक छ ।