कलैया,मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडको शाखा कार्यालय, रामपुर्वा, बाराले बारागढी गाउँपालिका पथराटोलस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग, कापी र पेन्सिल वितरण गरेको छ ।
संस्थाले कक्षा १ देखि कक्षा ३ सम्म अध्ययनरत कुल ५४ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
शिक्षा नै समाज विकासको मूल आधार भएको कुरालाई मध्यनजर गर्दै ती बालबालिकाहरुको पठन पाठनमा सहयोग स्वरुप शैक्षिक सामग्रीहरु वितरण गरेको संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत नबराज दाहालले बताउनुभयो ।
फाइनान्सले नगर तथा ग्रामीण क्षेत्रसम्म आधुनिक बैंकिंग तथा लघुबित्तीय सेवा दिदैं त्यस क्षेत्रका सर्वसाधारणहरुमा वित्तीय सेवाको पहुँच तथा चेतना विस्तारमा सहयोग गर्दै आईरहेको समेत बताउनुभयो ।त्यस्तै कार्यक्रममा बारागढी गाउँपालिका प्रमुख देबदत्त बछार थारु, उपाध्यक्ष लक्ष्मी देबी राय, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मुरारीप्रसाद चौधरी, प्रधान्याध्यापक मन्जुकुमारी चौधरी, शिक्षा इकाई प्रमुख जलमती चौधरी लगायतको उपस्थिति रहेको थियो । संस्थाले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्घता जनाएको छ ।
मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि बारा जिल्लाको रामपुर्वा, सिम्रौनगढ, छातापिपरा, बन्जरिया र मनहर्वाका ५ वटा शाखा कार्यालयहरुमार्फत लघुवित्तीय सेवा प्रदान गर्दैआएको छ ।