नरेश गुप्ता

बरियारपुर,आदर्श कोतवाल गाउँपालिकाको नवौं गााउँसभा शुक्रवार सम्पन्न भएको छ । गाउँ सभाले आफ्नो पालिकामा नीति तथा कार्यक्रमका लागि करिव ४० करोड रुपैयाको आयब्यय विवरण प्रस्तुत गरेको छ ।

कार्यक्रमको अध्यक्षता नगर प्रमुख जबाहारप्रसाद साहले गर्नुभएको भयो भने प्रमुख अतिथिमा नेपाली काङ्ग्रेस पार्टी मधेस प्रदेश समितिका उपाध्यक्ष चन्द्रशेखर यादव रहनु भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार साहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

गाउँपालिकाका अध्यक्ष साहले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिकाको विकासमा सबैको सकरात्मक सहयोग र सल्लाहको अपेक्षा गरेको बताउदै आदर्शकोतवाललाई संमृद्ध पालिका निर्माण गर्न सबै लागिपर्नु पर्ने बताउनुभएको प्रशासन शाखाका अधिकृत एवं गाउँसभा कार्यक्रमका संचालक सुनिल थापाले जानकारी दिनुभएको छ ।

प्रमुख अतिथी यादवले गलत कुरालाई छाड्दै जाने र सहिलाई मात्रै अपनाउदै अगाडि बढ्न सम्पूर्णलाई सल्लाह दिनुभएको छ । नेपालमा बासोबास गरिरहेका जनसमुदाय मध्ये जन्मसिद्ध नागरिकता भएका अभिभावकका छोरा छोरीले पनि अब छिट्टै नेपाली नागरिकताको प्रमाण पत्र पाउने पनि उहाँले बताउनुभयो । प्रदेश र पालिकाको संयुक्त लगानीमा पालिका बासिन्दाहरुको लागि सुविधा सम्पन्न अस्पताल निर्माण गरिने पनि प्रमुख अतिथि यादवले आश्वासन दिनुभयो ।

 

मन्तव्यको क्रममा श्रीरामचरित्र माध्यमिक विद्यालय चिउटाहाका प्रधानाध्यापक दिनेशप्रसाद साहले परिवर्तन जहिले पनि आफुबाट नै शुरूवात गर्न सम्पूर्णलाई आग्रह गर्नुभएको छ ।

कार्यक्रमको अध्यक्षता नगर प्रमुख जबाहारप्रसाद साहले गर्नुभएको भयो भने प्रमुख अतिथिमा नेपाली काङ्ग्रेस पार्टी मधेस प्रदेश समितिका उपाध्यक्ष चन्द्रशेखर यादव रहनु भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार साहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here