निजगढ,इस्लामिस्ट समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा मंगलवार साँझ निजगढका छुट्टाछुट्टै तिन वटा संस्थाले दीप प्रज्वलन गरेकाछन ।अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन निजगढ नगर कमिटी, युथ अफ निजगढ र साथी सर्कल निजगढले छुट्टाछुट्टै स्थानमा मृतक नेपाली विद्यार्थीको स्मृतिमा दिप प्रज्वलन गरेको हो । अनेरास्ववियुले ईलाका कार्यलय निजगढको भवन अगाडि र युथ अफ निजगढले शहिद चोकमा दीप प्रज्वलन गरेको थियो । युथ अफ निजगढले शहिद चोक र सार्थी सर्कलले बुद्ध चोकमा दीप प्रज्वलन गरेको हो ।अनेरास्ववियुले आयोजना गरेको दीप प्रज्वलनमा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले धार्मिक अतिवाद विश्व शान्तिको लागि ठूलो चुनौति बन्दै गरेको बताउनुभयो । नेपालमा पनि धर्मको नाममा अतिवातको प्रयास भईरहेकोले यसको प्रतिवाद गर्नुपर्ने उहाँको भनाई थियो ।शोक सभामा इजरायल र गाजामा शान्तिको कामना गर्दै सहभागितहरुले मौन धारण समेत गरेका थिए ।दीप प्रज्वलन कार्यक्रममा नेपाल सरकारले इजरायलमा रहेका नेपाली विद्यार्थीहरुलाई नेपाल फिर्ता ल्याउन पहलमा कन्चुस्यारी गरेकोमा दुखद प्रकट गरेको र सरकारको ध्यान पनि जाओस भन्दै ध्यानाकर्षण गराएको अनेरास्ववियु निजगढ नगर अध्यक्ष विवस तिमल्सिनाले बताउनुभएको छ ।दीप प्रज्वलन कार्यक्रममा निजगढका विभिन्न राजनिति दलका प्रतिनिधिहरुको पनि उपस्तिथि रहेको थियो ।हमासले शनिवार गरेको आक्रमणमा परी इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत १० विद्यार्थीको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here