कलैया,जिल्ला प्रहरी कार्यालय बाराले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट ईनर्वासिराबाट खटिएको टोलीले लुकिछिपी बसेको अवस्थामा २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।प्रहरीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १९ ईनर्वासिरा बस्ने ४५ वर्षीय मोजाहिर मिया र सोही ठाउँका ४८ वर्षीय रुस्तम मन्सुरीलाई पक्राउ गरेको हो । दुवै जना विरुद्ध लागुऔषध गाँजा सम्बन्धी मुद्दामा जिल्ला अदालत बाराबाट २ वर्ष ६ महिना कैद र २० हजार रुपैया जरिवानाको फैसला भएको छ ।फैसलापछि फरार रहेका दुवै जनालाई पक्राउ गरी जिल्ला अदालत बारामा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

Leave a Reply