वीरगन्ज महानगरपालिकाले सडक अतिक्रमणका बिरुद्धमा अभियान संचालन गरेको बताइरहेको छ । यो बीचमा उसले सडक अतिक्रमण गरेका केही संरचनाहरु प्नि हटाइ दिएको छ र यो क्रम जारी पनि राखेको छ । उसले आइतवार पनि अतिक्रमण बिरुद्ध अभियान संचालन गरेको जनाएको छ । हुन त महानगरपालिकाले विगत केही महिनादेखि यो अभियानलाई तीव्र बनाएको जस्तो पनि देखिन्छ ।वीरगञ्ज अब महानगरपालिका भएकाले पनि यो शहर सफा, हराभरा र फराकिलो पनि हुन उत्तिकै आवश्यक छ ।यो शहरको मात्रै होइन, यस आसपासका शहरहरुले पनि अतिक्रमका विषयमा कठोर नीति लिन आवश्यक छ । सडक अतिक्रमणका विषयमा सहानुभुति देखाइयो भने विकास भन्ने कुरा संभव नै छैन । बाराको सदरमुकाम कलैयाले पनि वीरगञ्जको बाटो अख्तियार गर्न आवश्यक छ । वीरगञ्जपछिको ठूलो शहर भनेको कलैया पनि हो ।त्यसैले वीरगञ्जको विकाससंग कलैयाको पनि सरोकार जोडिएको हुन्छ । ग्रेटर वीरगञ्जको कुरा गर्दा त झन् यो यसैपनि पर्ने नै भयो । त्यसैले पनि सडक अतिक्रमण, सार्वजनिक सम्पत्ति अतिक्रमका विषयमा स्थानीय सकारहरुले खुट्टा कमाउन हुन्न । जहाँ खुट्टा कमाउने काम भयो, त्यहाँ विकास नहुने पक्का भएकाले यस्ता विषयमा स्थानीय सरकारहरु कठोर बन्न आवश्यक छ ।

Leave a Reply