जीतपुर,मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले आइतवार जीतपुरसिमरा उपमहानगरपालिका ६ स्थित नगौलमा विपन्न परिवारका लागि निर्माण हुन लागेको घरको शिलान्यास गर्नुभएको छ ।मधेस प्रदेश सरकारको निधि आवास कार्यक्रम अन्तर्गत उक्त वडामा निर्माण हुन लागेको दुई वटा घरको प्रदेश सभा सदस्य चौधरीले शिलान्यास गर्नुभएको हो । चौधरीले स्थानीय देवकी देवी र अगरमतिया देवीको घरको शिलान्यास गर्नुभएको हो ।

बारा क्षेत्र नम्बर ४ (१) बाट मधेस प्रदेशसभा सदस्यमा निर्वाचित चौधरीको पहलमा जीतपुरसिमरा उपमहानगरपालिका विपन्न परिवारको लागि १४ वटा घर निर्माण हुँदैछ । विपन्न परिवार लक्षित उक्त आवास कार्यक्रमको चौधरीले नगौलबाट सुरुवात गर्नुभएको हो ।उपमहानगरपालिकाभित्र वडा नम्बर २ मा पाँच, वडा नम्बर ६ मा दुई, वडा नम्बर १, ३, ४, ५, ८, १९ र २० मा एक÷एक वटा घर निर्माण हुनेछ । पाँच लाखभन्दा बढीको लागतमा निर्माण हुने उक्त घरमा दुई वटा कोठा, एउटा भान्सा र शौचालय रहनेछ ।घर शिलान्यास कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरी, एमाले प्रदेश प्रदेश सचिव मनोज पौडेल, वडा नम्बर ६ का वडा अध्यक्ष कैमुदिन अंसारी, वडा नम्बर ३ की कार्यवाहक वडा अध्यक्ष माया विक, कार्यपालिका सदस्य बुद्धकुमारी अधिकारी, एमाले वडा नम्बर २ का वडा कमिटी अध्यक्ष रवीन्द्र खकुरेलगायतको उपस्थिति रहेको थियो ।



















