सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयास्थित संगसंगै बचत तथा ऋण सहकारी संस्थाले निःशुल्क आँखा तथा दन्त शिविरको आयोजना गरेको छ । १३औं स्थापना दिवसका अवसरमा संस्थाले शिबिरको आयोजना गरेको हो ।ओम शान्ति डेन्टल प्रालिको प्राविधिक सहयोगमा पथलैयास्थित होली गार्डेन इङ्लिस स्कुलमा आयोजित शिबिरमा दुई सय ११ जनाले दाँत तथा आँखाको परीक्षण गराएका थिए ।संस्थाका अध्यक्ष भुवन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शरण कार्की, मदन कंसकार, बिजय रञ्जितकार सहित सहकारीको संचालक सदस्य र कर्मचारीको उपस्थिति रहेको थियो । सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले यसअघि पनि विभिन्न रचनात्मक कार्य गर्दै आएको छ ।

Leave a Reply