सिमरा,रिटर्नी फेडेरेसन नेपालको जीतपुरसिमरा भेला शनिवार सम्पन्न भएको छ । डुमरवानामा सम्पन्न भेलाले पवन श्रीवास्तवको नेतृत्वमा २१ सदस्यीय नगर कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा टिका थापा, सचिव रुपेश न्यौपाने, सहसचिव पुस्कर चौलागाई, कोषाध्यक्ष समिता शर्मा रहेका छन् ।

यसैगरी समितिको सदस्यमा बिदुर खड्का, राजकुमार श्रेष्ठ, रमेश अर्याल, ब्रम्ह सापकोटा, कुमार पुरी, रंगराज नेपाल, नवराज घिमिरे, कृष्ण भारती, वीरबहादुर भारती, पृथ्वी गिरी, रजन खड्का, यादव बुढाथोकी, रामबहादुर ठाकुर, जीवन गौतम, दीपक भारती र लिलाबहादुर रहेका छन् ।

भेलामा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवम् जीतपुरसिमरा उपमहानगरपालिकाकी पूर्वउपप्रमुख सरस्वती देवी चौधरी, रिटर्नी फेडेरेसनका केन्द्रीय उपाध्यक्ष रामकृष्ण घिमिरे, एमाले प्रदेश कमिटी सदस्य राधेश्याम सिवाकोटी, दिनेश्वर ठाकुर, एमाले जिल्ला सचिवालय सदस्य मनोज पौडेल, जिल्ला कमिटी सदस्य कासिम हुसेन, रिटर्नी फेडेरेशनका मधेस प्रदेश अध्यक्ष रुद्र खतिवडा, एमाले वडा नं. १५ का वडा कमिटी अध्यक्ष राजकुमार अर्याल, वडा नं. २ का वडा कमिटी अध्यक्ष रविन्द्र खकुरेललगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply