काठमाडौँ, तोकिएकै समयमा निर्वाचन गर्न नेपाल पत्रकार महासंघ र आन्दोलनरत पत्रकार संगठनहरुले दुईबुँदे प्रतिबद्धता जनाएका छन्नेपाल पत्रकार महासंघले यहि जेठ २६ गते जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन गर्ने मिति तय भएको थियो । तर, सदस्यताको नामावलीमाथि असहमति जनाउदै केन्द्रीय कार्यालयमा पत्रकार संगठनहरुले तालाबन्दी गरेका थिए । पत्रकार संगठन र नेपाल पत्रकार महासंघबीच आइतवार छलफल भएपछि तोकिएकै समयमा निर्वाचन गर्ने दुईबुँदे प्रतिबद्धता जनाएका हुन् ।नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्नुपूर्व तालाबन्दी गर्नुपर्नाको कारणबारे विभिन्न पत्रकार संगठनहरुले उठाएका विषयहरु सदस्यता नविकरण, नयाँ सदस्यता प्रदान, स्थानान्तरण र शुद्धीकरणका सवालमा प्रस्तुत गरिएका मागहरु नेपाल पत्रकार महासंघको नेतृत्वले पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply