डुमरवाना,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ डुमरवाना निवासी तिलकबहादुर भारती बेपत्ता भएको तिन साता बितिसक्दा पनि अवस्था पत्ता नलागेपछि परिवारमा चिन्ता बढेको छ ।
गत असोज ४ साथीले काम लगाई दिने भनेर पोखरा लगेको र सोही दिनदेखि छोरा परिवारको सम्पर्कमा नआएको बाबु खडगबाहादुर भारतीले बताउनुभयो । ४६ वर्षे तिलक परिवारको जोहो टार्न एक दशकदेखि भक्तपुरस्थित पुरानो ठिमिमा ज्याला मजदुरी गर्दै आएको श्रीमती बिन्दाले बताउनुभयो ।
भारतीको खोजीमा परिवारजनले भक्तपुर प्रहरीमा निवेदन दिएको भएपनि खोजतलासमा प्रहरीले खासै चासो नदेखाएको भारती परिवारले गुनासो गरेको छ । भारतीको परिवारले उनको खोजीमा सहयोग गरिदिन अधिकारकर्मी र संञ्चारकर्मीहरुसंग अनुरोध गरेको छ ।