राजन कुमार बानिया
पोखरिया,उपकार सेवा नेपालले पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ५ शंकरसरैयास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई ५ थान सिलिङ्ग पंखा सहयोग गरेको छ ।विद्यालयमा अध्यनरत १ सय ६० जना विद्यार्थीको स्वस्थ्य तथा गर्मी मौसमलाई मध्यनजर गर्दै एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष विद्याकुमारी सरावगीले विद्यालयका प्रधानाध्यापक रामनारायण प्रसाद थारुलाई पंखा हस्तान्तरण गर्नुभएको थियो ।कार्यक्रममा संस्थाको अभिभावक श्री पद्मा देबी सरावगी, सदस्यद्वय सज्जन अग्रवाल, अँकुश शर्मा तथा विद्यालयको शिक्षक, शिक्षिका, स्थानीय अभिभावक तथा विद्यालयका बालबालिकाहरुको उपस्थिति रहेको सामाजिक अभियानता प्रकाश थारुले जानकारी दिनुभयो

Leave a Reply