नरेश गुप्ता

बरियारपुर,बैंकिङ्ग कसुर मुद्दामा कलैया उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष सुरेन्द्र जैसवाललाई बारा प्रहरीले पक्राउ गरेको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर १४ बघवन निवासी वडा अध्यक्ष जैसवामाथि ओम पाण्डेको ८ लाख, एकजना अर्का बालुवा गिट्टी व्यवसायीको १० लाख र मधेस प्रदेशसभाका सभामुख सरोज यादवसंग पेस्की लिएर काम नगरेको लगायतको बैकिन्ङ्ग कसुर सम्बन्धि अभियोग लागेको छ । पीडितले जिल्ला प्रहरी कार्यलय बारामा मुद्दा दर्ता गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

कलैया उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष जैसवालले सिद्वार्थ बैकको एउटा २० लाख, ८ लाख र अर्को १० लाख गरि जम्मा ३८ लाख रुपैयाँ तीन जनालाई छुट्टाछुट्टै नदिइएकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

बैकिङ्ग कसुर मुद्दामा पक्राउ परेका वडा अध्यक्ष जैसवाललाई थप अनुसन्धानको लागि बारा जिल्ला अदालत बाराबाट ५ दिनको म्याद समेत थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष जैसवालले निर्माण व्यवसायीको कामसमेत गर्दै आउनुभएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here