वीरगञ्ज,मधेस प्रदेश सरकारले मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विवाह पञ्चमीका अवसरमा प्रदेशभरका सरकारी तथा सार्वजनिक कार्यालय बन्द रहने छन् ।आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय जनकपुरधामले आज सार्वजनिक सूचना जारी गर्दै प्रदेश राजपत्र (चैत २२, २०८१) मा उल्लेख भएको बिदा व्यवस्थाअनुसार मङ्गलवार सार्वजनिक बिदा लागु हुने जानकारी दिएको हो ।मन्त्रालयका शाखा अधिकृत राधेशंकर प्रसाद पालद्वारा जारी सूचनामा विवाह पञ्चमीका मुख्य कार्यक्रम जनकपुरधाममा हुँदै आएको र नागरिक तथा कार्यालयहरूलाई आवश्यक जानकारीका लागि सूचना प्रकाशन गरिएको उल्लेख छ ।



















