नेपाल आयल निगमले शनिवार राति स्वचालित प्रणालीबाट भन्दै इन्धनको मुल्य बृद्धि गरेको खबर सार्वजनिक भयो । बिहान हुने बित्तिकै सरकारको तीव्र आलोचना भयो । दशैंको मुखैमा सरकारले मुल्य बृद्धि गरेको भन्दै सरकारको चर्को आलोचना भएको हो । हालै बिदेश भ्रमण सकेर नेपाल भित्रिएर जनतालाई मुल्य बृद्धिको उपहार दिएको भन्दै प्रधानमन्त्रीको पनि आलोचना भयो । मुल्य बृद्धि भएको चाल नपाएका प्रधानमन्त्रीले इन्धनको मुल्य बृद्धि भएको खबर सुनेपछि रिसाएको खबर पनि आयो ।दशैंको मुखैमा जे कारणले भएपनि मुल्य बृद्धि गरेपछि जनताको प्रतिनिधिको नाताले प्रधानमन्त्री रुष्ट हुनु स्वभाविक नै थियो । प्रधानमन्त्रीको रिसपछि मन्त्री परिषदको बैठक बोलाइयो र मुल्य बृद्धि फिर्ता गर्न आयल निगमलाई निर्देशन दिइयो अनि बढाइएको भनिएको इन्धनको मुल्य आयल निगमले फिर्ता गर्न पनि बाध्य भएको छ । निगमको बद्मासी पनि थियो ।एकदमै द्रुर्त गतिमा सरकारले जनताको पक्षमा गरेको यो निर्णय विरलै मध्येको एक हो । सरकार भएको अनुभूति जनताले गर्न पाएकाछन् । वास्तवमा जनताको प्रतिनिधि भनेकै यस्तै हुनुपर्दछ र सरकार भनेको पनि जनताप्रति यसरी नै उत्तरदायी हुन आवश्यक छ । जनता र सरकारबीचको सम्बन्ध बलियो भएको खण्डमा मात्रै लोकतन्त्र पनि बलियो हुने हो । नेपाल आयल निगमले घाटाको नाउमा जनताको ढाड सेक्दैआइरहेको छ । सरकारले यस पटक गरेको निर्णय भने वास्तवमा जनमुखी छ ।

 

Leave a Reply