प्रचण्ड अथवा पुष्पकमल दाहाल अहिले नेपालको कार्यकारी पदमा छन् । प्रधानमन्त्री भनेको अहिलेको संबिधान अनुसार नेपालको कार्यकारी भूमिकामा रहने सर्बोच्च पद हो ।प्रधानमन्त्री जनताबाट निर्वाचित व्यक्ति नै हुन् । प्रधानमन्त्री भनेपछि यसै पनि देशको हरेक कुरासंग जोडिने नै भयो । तर, प्रधानमन्त्री पदको समेत ख्याल नै नगरी प्रचण्डले हालै दिएको एक भनाइ निकै विवादमा परेको छ । वास्तवमा उनको यो भनाइ निकै आपत्तिजनक छ ।तर, फेरि छिमेकी देश भारतको सहयोगमा वा इशारामा नेपालमा कुनै पनि व्यक्ति प्रधानमन्त्री बन्छन् भन्ने प्रचण्डको आसय भए त कुरा ठीकै पनि होला । उनको भनाइअनुसार एकजना भारतीय व्यवसायीले उनलाई प्रधानमन्त्री बनाउनका लागि धेरै पटक भारत धाएका थिए रे । अब आम नागरिकहरुले नबुझेको कुरा चैं उनलाई भारतले किन प्रधानमन्त्री बनाइदिनु पर्ने भन्ने नै हो । यसको जवाफ त प्रचण्डले दिने कुरै भएन ।यसरी अनावश्यक रुपमा एक व्यवसायीलाई अर्थहिन कुरा गरेर छिमेकी देशलाई समेत विवादमा पार्ने काम प्रचण्डको पार्टीका लागि ठीक भएपनि देशका लागि ठीक होइन । छेपारोले रंग फेरे जसरी प्रचण्डले यो कुरा तोडमोड त गरि नै सकेका छन् तर देशको प्रधानमन्त्री जस्तो व्यक्तिले यस्तो कुरा गर्नु भनेको अपराध वा कानुन विपरितकै कुरा हो । यो अभिव्यक्तिको लागि प्रचण्डले तत्काल देश र जनता सक्षम माफी माग्न आवश्यक छ ।

















