नरेश गुप्ता

बरियारपुर,नेशनल प्याब्सन बाराले शुक्रवार कलैयामा सम्मान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा नेशनल प्याब्सनका जिल्ला अध्यक्ष प्रभुलाल कुशवाहले केन्द्रीय उपाध्यक्ष ब्रजेन्द्र मिश्रालाई दोसाला ओढाएर सम्मानित गर्नुभएको छ । नेशनल प्याब्सन बाराको सभाकक्षमा आयोजित सम्मान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय उपाध्यक्ष मिश्राले विद्यमान शिक्षा नीति परिमार्जन गर्नुपर्ने बताउनुभयो ।

संस्थागत विद्यालयले वर्षेनी संस्था नवीकरणमा समस्या झेल्दै आउनु परेको बताउदै उहाँले सरकारले शिक्षा नीतिमा सुधार गर्नुपर्ने बताउनुभयो । सरकारको संस्थागत विद्यालयप्रतिको दृष्टिकोण विभेदकारी रहेको हुँदा हालको शिक्षा नीतिमा सुधारको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

नेशनल प्याब्सन बारा जिल्ला कार्यसमिति, प्रदेश समिति तथा केंद्रीय समितिका पदाधिकारी तथा सदस्यहरुबीच संघठनको अवस्था र भावी योजनाको बारेमा अन्तरक्रिया भएको हो ।

जिल्ला अध्यक्ष कुशवाहाको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रीय सचिव अलिम्हमद अंसारी, चन्द्रीका गुप्ता, लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन रामप्रसाद अधिकारी तथा स्वागत मन्तव्य मालती कुमालले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here