बरियारपुर,कलैया उपमहानगरपालिका २३ बैराठपुरमा सर्वसाधारणको लागि निःशुल्क मास्क बैंकको स्थापना गरिएको छ । बढ्दो कोभिड महामारीलाई मध्यनजर गर्दै ग्रामीण क्षेत्रका सर्वसाधारणलाई उपलब्ध गराउन मास्क बैंकको स्थापना गरिएको बताइएको छ । महामारीका बिच पनि यस क्षेत्रका सर्वसाधारणले मास्क बिना नै हिडडुल गर्ने गरेकोले स्वास्थ सुरक्षा सतर्कताको लागि निशुल्क मास्क बैंकको स्थापना गरिएको राष्ट्रिय खेलकुद युवा संघका सदस्य रुस्तम अंसारीले जानकारी दिनुभयो । ब्यवाईज अफ बाराको आयोजना र नेकपा एमाले बारा जिल्ला कमिटीका सचिव महमद समिर तथा लाईन्स क्लब अफ बाराको संयुक्त संहयोगमा निःशुल्क मास्क बैंकको स्थापन परेर शुक्रबारबाट संचालनमा ल्याइएको हो ।