काठमाण्डौ – कान्तिपुर पव्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई काठमाण्डौ पठाइएको छ । सिरोहियालाई मंगलवार दिउँसो हेलिकप्टरमार्फत काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन अवाले जानकारी दिनुभयो ।जनकपुरको काव्या अस्पतालमा रहेका सिरोहियालाई थप उपचारका लागि काठमाण्डौमा पठाउन रिफर भएसँगै हेलिकप्टरमार्फत पठाएको उहाँले बताउनुभयो ।



















