काठमाडौं । सरकारले जाडोयाम सुरु भएसँगै भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन गर्ने भएको छ । नयाँ व्यवस्थाअनुसार सरकारी कार्यालय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछन् ।

गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय तथा सार्वजनिक निकायको दैनिक कार्यसमय सात घण्टा कायम गरिएको हो ।

यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए ।

नयाँ समयतालिका लागू भएपछि सरकारी कर्मचारी तथा सेवाग्राहीले सोहीअनुसार सेवा प्रवाह र सेवा प्राप्त गर्नुपर्नेछ ।

Leave a Reply