सिमरा,प्रथम क्रियटिभ जीतपुरसिमरा भेट्रान कप फूटबल प्रतियोगिता २०८१ मंसिर ११ देखि हुने भएको छ । कार्तिक पहिलो साता हुने भनिएको प्रतियोगिता मंसिर ११ गतेदेखि हुने भएको हो ।नवजनजागृति भेट्रान क्लबको आयोजनामा कार्तिक ६ गतेदेखि हुने भनिएको प्रतियोगिता मंसीर दोस्रो साताका लागि सारिएको हो । प्रतियोगिता मंसिर ११ गतेदेखि १५ गतेसम्म सिमरा रंगशालामा हुने अध्यक्ष सोनु क्षेत्रीले जानकारी दिनुभयो । ४० वर्ष उमेर पुगेका खेलाडीले मात्रै सहभागिता जनाउन मिल्ने उक्त प्रतियोगितामा २० टिमले सहभागिता जनाउनेछन् ।

प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा विभागीय टिमसहित काठमाडौं, पोखरा, धरान, चितवन, हेटौंडा, झापा, सर्लाही, नवलपरासी, कटारी, वीरगञ्ज, कलैया, पथलैया, डुमरवाना, खैर्वा, निजगढ, बगही र आयोजकका दुई टिमले सहभागिता जनाउने प्रतियोगिता संयोजक राम पाठकले जानकारी दिनुभयो ।जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना हुने प्रतियोगितालाई कलैयास्थित क्रियटिभ वल्र्ड डिजिटल प्रा.लिले मुख्य प्रायोजन गर्ने भएको छ । प्रतियोतिगाको तयारी तीव्र रुपमा भइरहेको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

Leave a Reply