वीरगञ्ज,मधेस प्रदेशका प्रमुख चारवटा राजनीतिक दलहरुले मुख्यमन्त्री सरोज यादवलाई ध्यानकर्षण पत्र बुझाएका छन् ।
प्रदेश सरकार अल्पमतमा रहेकोले प्रदेश सरकारले आर्थिक वर्ष ०८०-८१ मा स्थानीय तहलाई दिने सशर्त अनुदान वितरण तथा विभिन्न मन्त्रालयबाट हुने रकमान्तरको विषयमा हचुवाको भरमा निर्णय नगर्नभन्दै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले मुख्यमन्त्री सरोजकुमार यादवको सोमवार अध्यानाकर्षण गराएका हुन ।

एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले संयुक्त रुपमा हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र मुख्यमन्त्री यादवलाई बुझाइएको हो ।सरोज यादव नेतृत्वको वर्तमान सरकार अल्पमतमा रहेकोले दीर्घकालीन असर पर्ने खालका निर्णयहरु नगर्न नगराउन दलहरुले ध्यानाकर्षण गराएका हुन ।जसपा नेपालका यादव नेतृत्वको सरकारलाई दिएको समर्थन चारवटै दलले फिर्ता लिएपछि अहिले सरकार अल्पमतमा छ ।यद्यपि मुख्यमन्त्री यादवले विश्वासको मत लिने र आफूले नै विश्वासको मत पाउने दावी गरिरहनु भएको छ । चार दलले भने अझै सरकार परिवर्तन गर्न सकेकाछैनन ।



















