पुष्पराज खतिवडा
मनहर्वा,जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १० महिनामा रु दुई करोड ४३ लाख १५ हजारभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।कार्यालयका प्रमुख प्रहरी निरीक्षक रामकुमार महतोले चालु आवको साउनदेखि वैशाखसम्मको १० महिनामा ट्राफिक नियम उलङ्घन गर्ने २८ हजार तीन सय सवारी साधनलाई कारबाही गरी रु दुई करोड ४३ लाख १५ हजार पाँच सय राजस्व सङ्कलन भएको जानकारी दिनुभयो ।

सो अवधिमा सहरी सडकमा ८७ वटा, ग्रामीण सडकमा ८४ र राजमार्ग सडकमा २१ गरी एक सय ९२ सवारीसाधन दुर्घटना भएका थिए । महतोले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमसम्बन्धी प्रयोगात्मक अभ्याससहित चेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिएको बताउनुभयो ।त्यसैगरी ट्राफिक नियम उलङ्घन गर्ने सवारी चालकलाई कारबाही, चालक र बटुवालाई ट्राफिक नियमबारे जानकारी, सडकछेउमा गरिने व्यापार गर्नेहरूलाई व्यवस्थापनलगायतका काम गर्न सरोकारवाला निकायसँग समन्वयको काम पनि भइरहेको प्रहरी निरीक्षक महतोले बताउनुभयो ।

Leave a Reply