वीरगञ्ज,राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को आठौं राष्ट्रिय महाधिवेशन बिहीवारदेखि वीरगञ्जमा शुरु भएको छ।नेशनल प्याब्सनका अध्यक्ष पाण्डव हमाल ठकुरीका अनुसार बिहीवारदेखि वीरगञ्जको टाउनहल, आदर्शनगरमा शुरु भएको महाधिवेशन शुक्रवारसम्म चल्ने छ।महाधिवेशनमा देशभरका ३६ जिल्लाबाट करिब एक हजार पाँच सय निजी विद्यालयका संस्थापक, लगानीकर्ता तथा प्रिन्सिपलहरूको सहभागिता रहेको जनाइएकोछ। महाधिवेशनमा नेशनल प्याब्सनले हाल प्रस्तावित शिक्षा विधेयक लगायतबारे छलफल गरि सरकारलाई आफ्ना सुझाव दिने जनाइएको छ।

Leave a Reply