आरके राजन

सिम्रौनगढ,सिम्रौनगढ नगरपालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरू आइतवारदेखि बन्द भएका छन् ।वडा कार्यालयमा कार्यरत कर्मचारीहरुले तलबको माग गर्दै कार्यालय बन्द गरेका हुन् । कर्मचारीहरु तलबसहित विभिन्न मागहरु राखी विरोधमा उत्रेका छन् । कर्मचारीहरूले आर्थिक वर्ष २०७९÷०८० सम्मको बाँकी रहेको तलब भत्ता र पोशाक भत्ता, ईन्धन खर्च, यथाशिघ्र उपलब्ध गराउनु पर्ने लगायतका माग राखेर विरोधमा उत्रेका हुन् ।सचिव निरन्जन कुशवाहा, राजाराम ठाकुर, उमेश यादव, पलट पण्डित, साहेब ठाकुर, नितेश यादव, वीरबल यादव, चन्दनकुमार, जयलाल सहनी, समाजिक परिचालक मुकेश मेहता, कृपाकुमारी, पिन्कीकुमारी, कम्प्युटर अपरेटर रेखाकुमारीलगायतको उपस्थितिमा वडा कार्यालय बन्द गरिएको हो ।आइतवारदेखि बन्द रहेको सिम्रौनगढ नगरपालिकाको ११ वटा वडाहरु नीतिगत निर्णय नभएसम्मको लागि बन्द रहने विरोधकर्ताहरुले जनाएका छन् ।


















