कोल्हबी,राप्रपाले कोल्हबीमा शनिवार क्षेत्र नम्बर १ को चुनावी सभाको आयोजना गरेको छ ।
पार्टीका केन्द्रिय पुर्वअध्यक्ष पशुपतिशमशेर जबराको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा केन्द्रिय सहमहामन्त्री मोहन यादव, केन्द्रिय सदस्य राजनारायण शाह, बिनोदकुमार भारती, बारा जिल्ला अध्यक्ष गिरिधारीप्रसाद चौधरी, पुर्वकेन्द्रिय सदस्य साबित्रीदेबी भारती, बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उमेदवार भक्तबहादुर दर्लामी, प्रदेश क का उमेदवार लक्ष्मीप्रसाद साह कलवारले बोल्नुभएको थियो ।
कार्यक्रममा बाल्दै प्रमुख अतिथि जवराले राप्रपा देशको एउटामात्रै राष्ट्रवादी शक्ति भएको बताउनुभएको छ । उहाँले आगामी निर्वाचनमा जनताले राप्रपालाई विजयी बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भरतबहादुर मल्ल, निर्मल खड्का, सुष्मा भण्डारी, शेषा सापकोटा, जियालाल साह, राजिन्द्र सापकोटा, लालबाबु साह, ललन यादव, सिता उप्रेती, शङ्करप्रसाद जैसवाल, सिकेन्दर साह, राप्रपा निजगढ नगर प्रबक्ता लिलाबहादुर राउत (केसव) लगायत पार्टी कार्यकर्ता र सर्वसाधारणको उपस्थिति रहेको थियो । पार्टीको भूपु सैनिक सङ्गठनका बारा जिल्ला अध्यक्ष बमबहादुर कुवरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन निजगढ नगर अध्यक्ष खड्गप्रसाद उप्रेतीले गर्नुभएको थियो ।
सोही कार्यक्रममा सयौंको संख्यामा नेकपा एमाले, नेपाली काङ्ग्रेस, माओवादी, जसपा र लोसपा परित्याग गरि राप्रपामा प्रवेश गरेका थिए ।