आइतवार नेपालमा यस्तो भाष्य सृजना गरिदै थियो कि मानौं गणतन्त्र जाँदै छ र राजतन्त्रको उदय हुदैन । करिब १८ वर्ष अगाडि औपचारिक रुपमा अन्त्य भएको राजसंस्था नेपालमा फेरि ल्याउन सकिन्छ कि भनेर एक समूह लागेको देखिन्छ । अहिलेका राजनीतिक दलहरुको स्वार्थ र अकर्मण्यताका कारण पनि गणतन्त्रप्रति नागरिकहरुको वितृष्णा देखिएको छ । गणतन्त्रभन्दा त बरु राजतन्त्र नै ठीक भन्ने पनि कही कतै आवाज सुनिन्छ र यही मौकामा कतै फाइदा लिन सकिन्छ कि भनेर एउटा गिरोहले आइतवार राम्रै फण्डा काठमाडौंमा गरेको छ ।

हुन त बिदेशीको इशारामा गएको राजतन्त्र फेरि बिदेशकै इशरामा नेपालमा फर्कन पनि सक्ला तर राजतन्त्र फर्कदैमा के नेपालमा अहिले रहेका समस्याहरु समाधान होलान् त ? कि ज्ञानेन्द्र शाह गद्दीमा आएपछि फेरि यो देशमा कायाकलाप हुन्छ ? यस्तो खालको गलत सोच र भाष्यले नेपालमा कथित राजतन्त्रको उदयको संभावना एक समूहले देखेको छ लगभग यो संभव छैन नै । राजतन्त्रको फेरि उदय भयो भने देश घाटामा जाने हो र फेरि यो देशमा हिंसा हुने नै हो ।त्यसो त नेपाललाई असफल बनाउनका लागि देखिने र नदेखिने गरी विभिन्न खेलहरु भइरहेका छन् । विगतदेखि नेपालमा धेरै खालको प्रयोग हुदैआएका छन् । फेरि राजतन्त्रको नाउँमा एउटा अभ्यास हुन पनि सक्ला तर त्यो टिकाउ पनि हुदैन र त्यसले देशलाई केही फाइदा गर्दैन यो पनि धुब्र सत्य कुरा हो । गणतन्त्रको विकल्प गणतन्त्र मात्र हो राजतन्त्र कुनै हालतमा हुन सक्दैन यस्तो फण्डा अपनाउनेलाई कारबाही गर्नुपर्ने हो तर लोकतन्त्रमा फेरि शक्ति प्रदर्शन गर्ने छुट चैं छ ।

Leave a Reply